काठमाडौं – खोटाङमा बालक्लबका पदाधिकारीहरूका लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सकिएको छ । जि फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाजले गुणस्तरीय शिक्षामा सुधार नामक परियोजना अन्तर्गत सिर्जनशील भरिया समाजको कार्यक्षेत्रमा गठित बालक्लबका पदाधिकारीहरूका लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी ४ चरणमा सञ्चालन भइरहेको दोस्रो चरणको तालिम सकिएको हो ।
ऐसेलुखर्क–१, राखाबाङदेलको कालिका माबी र सिद्दकन्या आबि, केपिलासगढी–६, दिप्सुङको रेणुका माबी र केपिलासगढी–७, सुङदेलको सुर्य माबीमा गठित बालक्लबहरु बाट गरि जम्मा ४ वटा बालक्लबका २५ जना बालबालिका र ४ संरक्षक शिक्षकलाई पहिलो चरण अन्तर्गत पौष २२ गते देखी २५ गते सम्म पुनर्ताजगी तालिम संचालन गरि सकेको छ भने दोस्रो चरण अन्तर्गत पौष द्दठ बाट सुरु भएको बालक्लबको पदाधिकारीहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ ।
दोस्रो चरणको तालिममा केपिलासगढी–४ को जालपा माबी, कालिका जनजागृति त्यसैगरी केपिलासगढी–५ को थर्पु माबी र छेराडाडा आबि मा गठित बालक्लबहरुबाट २३ बालबालिका सहित ४ संरक्षक शिक्षकहरूको उपस्थिति रहेको थियो ।
दोस्रो चरणको तालिमको समापनका दिन प्रत्येक बालक्लबलाई आवश्यक पर्ने कीट समेत वितरण गरिएको सिर्जनशील भरिया समाजका गुणस्तरीय शिक्षा कार्यक्रम सहायक पुरुषोत्तम बर्देवाले जानकारी दिए ।
पहिलो र दोस्रो चरणको तालिम सम्पन्न भएसँगै तेस्रो चरणमा केपिलासगढी–१ फेदिको विद्यालयहरूमा गठित ४ वटा बालक्लब हरुको पदाधिकारीहरूलाई पुनर्ताजगी तालिम माघ ३ गते देखि ६ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया