देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमान दुर्घटनाः ६५ जनाको शव निकालियो

३० जनाको शव अस्पताल पुर्‍याइयो, ३५ शव दुर्घटनास्थलमै

देशान्तर

काठमाडौं – पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा हाल सम्म ६५ जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट उद्धार जारी रहँदा फेला परेका ६५ शवमध्ये ३० शव अस्पतालमा पुर्‍याइएको छ । बाँकी ३५ शव दुर्घटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए ।

एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ ।

आईतवार बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरू र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।