काठमाडौँ – शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रवार हेटौंडा स्थित होटल सामनामा आ.व. २०७८/०७९ को सभा सम्पन्न गरेको हो ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्तवार्षिक साधारण सभामा आ.व. २०७८/०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहितगुप्ता, गौरव गोयल, श्री रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित भएका छन् ।
साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो।
उक्त सभाबाट आ.व. २०७८.०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९.०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गरेको छ ।
प्रतिक्रिया