काठमाडौं – नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् ।
कांग्रेस सभापति देउवाले विज्ञप्ति निकाल्दै यती एयरलाइन्सको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
देउवाले घटनामा परी निधन भएकाहरुलाई श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो ।
प्रतिक्रिया