देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइने

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको भन्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताए । “भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु,” उनले भने ।

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।