काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ । शुक्रवारको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो ।
सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो । मधेस प्रदेशका सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
प्रदेश एकका सबनम राईले ४ तथा रुविना क्षेत्री र निशा शाहले दुई÷दुई विकेट लिए । ५० रनको सामान्य लक्ष्य पाएको प्रदेश एकले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । उसका काजल श्रेष्ठले २४ तथा रुविना क्षेत्रीले अविजित २१ र अप्सरी वेगमले ३ रन बनाइन् ।
जितसँगै प्रदेश एकले अङ्कतालिकामा २ अङ्क जोडेको छ ।
शुक्रवारै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ ।
प्रतिक्रिया