त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचन गर्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाइ त्रिवि रजिस्ट्रारको कार्यालय स्ववियुको तयारि गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारि दिनुभयो ।
चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न क्याम्पसलाई निर्देशन दिएको छ । गत पुस २२ को त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियुको निर्वाचनगर्ने निर्णय गरेको थियो ।
सोहि अनुसार पूर्वतयारी गर्न गराउन सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिइएको महाशाखा प्रमुख दाहालले बताउनु भयो । विसं २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ देखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको छैन।
प्रतिक्रिया