वामपन्थी नेता घनश्याम भूसाल पार्टि भित्र उपाध्यक्ष वा महासचिव पाउने गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुहुने भएको छ । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुहुने भएको छ । आज दिउँसो २ बजे बानेश्वरस्थित एक कार्यक्रमको आयोजना गरि भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नु भएको हो ।
नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा उभिनु भएको थियो । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेनु भएको थियो ।गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नु भएको थियो । भूसाल लाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग भूसाल पराजित हुनु भएको थियो ।
एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारीमा फर्किने भन्ने अझै खुलिसकेको छैन । तर पार्टीभित्र भूसाललाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल भएको छ । हाल एकीकृत समाजवादीको महासचिव पदमा बेदुराम भुसाल रहनु भएको छ । पार्टि भित्र भूसाल लाई दिने जिम्मेवारीको बारेमा आजनै छलफलहुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा वताउनु भयो ।
प्रतिक्रिया