काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।उनीलाई विदेश जान भने रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उल्टाएको हो ।उच्च अदालत पाटनले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको यसअघिकाे आदेश उल्टाइदिएको हाे ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
बहसमा सन्दिपको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनारमा राख्ने आदेश बेरितको रहेको जिकिर लिएका थिए ।
प्रतिक्रिया