देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

देशान्तर

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ ।

चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् ।

शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताउँदै आएको छ ।