देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरीले दाबी पेश गर्दै

देशान्तर

काठमाडौँ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् ।

दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ ।

गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।

लुम्बिनीमा प्रदेश प्रमुख शेरचनले २७ पुस ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । यहाँ एमालेका २९, माओवादीका १० (एक स्वतन्त्र माओवादीमा प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका ४-४ चार तथा जसपा र जनमत पार्टीका ३-३, स्वतन्त्रबाट २, कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।