काठमाडौँ – काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले लुम्बिनी अल स्टार्सर विराटनगर सुपर किंग्स भिड्दैंछन् ।
त्रिवि मैदानमा लुम्बिनीले टस जितेर ब्याटिङ गरिरहेको छ । पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।
क्वालिफायर टु मा जनकपुरलाई नै स्तब्ध पार्दै विराटनगरले पनि फाइनलको यात्रा तय गरेको हो । दुबै टोली उच्च मनोबलका साथ उपाधि जित्नेमा ढुक्क रहेका छन् ।
उपाधि विजेता टोलीले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन्।
यसका साथै इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन्।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पुस ९ गतेदेखि सञ्चालन भएको नेपाल टी २० लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड गरि ६ टिमको सहभागिता रहेको थियो।
प्रतिक्रिया