देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तरीमा चिसोले कठ्याग्रिएर दुई जनाको मृत्यु

देशान्तर

आज पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको छ।दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैविच  सप्तरीमा चिसोले कठ्याग्रिएर दुई जनाको मुत्यू भएको छ ।सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ को बेल्हामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि छ । मृत्युु हुनेमा स्थानीय अन्दाजी ६५ बर्षीय कपलेश्वर सदा रहेका छन् । बिगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको कठयांग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् । मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको अभावमा उनको कठयांग्रिएर मृत्यु भएको हो । यशअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियोे ।