देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

संसदमा प्रतिपक्षमा बस्ने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रतिपक्षमा बस्नेगरि संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

कांग्रेसको संस्थापन पक्ष  प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन् । यस्तै, बलबहादुर केसी र अर्जुननरसिंह केसीले पनि प्रचण्डलाई विश्वासको मत दिनेमा फरक मत राखेका थिए ।