काठमाडौं – चितवनमा एक दम्पती मृत फेला परेका छन् । सामान्य विवादले सुरु भएको घरासयी झगडाले श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि रानाले पासो लगाएर आत्महत्या गरेका हुन् ।
उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए ।
शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया