काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिन पार्टी संसदीय दलको बैठक बस्नुअघि उपलब्ध कार्यसम्पादन समिति सदस्यहरूको बैठक संसद् भवन बानेश्वरमै शुरू भएको हो ।
सभापति शेरबहादुर देउवा प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा लगायतले विश्वासको मत नदिई प्रतिपक्षमा बस्नुपर्ने धारण राखेका थिए ।
पदाधिकारी बैठकबाट सर्वसम्मत निर्णय लिन नसकेपछि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग सोमवार साँझ भएको भेटमा देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए ।
१६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई त्यतिबेला समर्थन नगरेका नेकपा एस र लोसपाले पनि समर्थन दिने भएका छन् ।
संसदमा एसका १० र लोसपाका ४ सांसद छन् ।
प्रतिक्रिया