काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन जनअभिमतले सबै मिलेर मात्र देशको निकास हुने सन्देश दिएको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले जनभावना अनुसार नै सबै मिले मात्र देशले निकास पाउने बताए।
विगतमा संसदमा आफैँले गरेको प्रतिवद्धता केही पूरा नभएको स्मरण गर्दै लिङ्देनले भने, अघिल्लो संसदमा मैले बलियो भएर आउने भनेको थिएँ। भनेको जस्तो त भएन, तर जनताका भावनाको बलियो प्रतिनिधिका रुपमा हामी संसदमा आएका छौँ ।
देशमा समस्यै समस्याको चाङ रहेको बताउँदै उनले सबै मिलेर समस्याको हल हुनुपर्ने बताए। उनले भने, हामीले कसैले कसैलाई निषेध गरेर होइन्, विचारभन्दा माथि देश छ भन्ने सोचको विकास गर्दै सबैले समस्याको हल गर्नुपर्छ।
प्रतिक्रिया