काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा संबोधन गर्ने क्रममा रोष्ट्रममा उभिएका प्रधानमन्त्री दहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसदको भूमिकामा पनि प्रश्न उठ्ने बताए ।
“जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसदको सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परंपरागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी निरन्तर जनताको निगरानीमा छौँ ।”
प्रतिक्रिया