काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको अधिवेशन सोमवार शुरू भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक सोमवार दिउँसो शुरू भएको हो ।
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन शुरू भएको हो ।
प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया