काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ ।
स्थापनाको १७ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामुलक उक्त संस्थासँग सम्झौता गरेको हो ।
दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिन उक्त संस्थासँग सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकका अध्यक्ष भरतराज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरे । उक्त सम्झौता बमोजिम झापाको दमकस्थित निर्माणाधीन बालअस्पतालका लागि बैंकले ५ लाख रुपैयाँ सहयोग गर्नेछ ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।
प्रतिक्रिया