काठमाडौं – चीनले पछिल्लो समयमा विस्तारित कोभिड १९ वीएफ ७ को सङ्क्रमण नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ । चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिइएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।
चीन सरकारले हाल विस्तारित भएको वीएफ ७ को सङ्क्रमण नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाएको छ । प्रोटोकलअनुसार चीनमा कोभिड नियन्त्रण सम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ । बढी उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरुलाई पनि दोस्रो मात्रा दिइनुपर्ने जनाएको छ ।
यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफै सतर्क र सजग हुनुपर्नेमा पनि जोड दिइएको छ । स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएका मानिसहरुको खोजी गरी खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरुलाई खोप लगाएको छ महिनापछि अर्काे मात्रा लगाइने जनाएका हुन् । त्यसैगरी व्यक्तिगत रुपमा यो महामारीको नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरुले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या सरसफाई रहनुपर्नेमा पनि जोड दिइएको छ ।
पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका सङ्क्रमितहरु बढिरहेका बताइएको छ ।
प्रतिक्रिया