देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहालसँग नेपाल र यादवको भेटवार्ता

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग नेपाल र यादवले भेटवार्ता गरेका हुन् । सोही भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भेटवार्तामा नेपाल र यादव सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए ।

उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र नेपाल र यादव सकारात्मक रहेको बताए । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए । उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए ।

बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा भने नैराश्यता स्पष्ट देख्न सकिन्थ्यो । प्रधानमन्त्री दाहालले यहि पुस २६ गते विश्वासको मत लिदै छन् ।