काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि संविधानको धारा २ सय ७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन् ।
दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिन समेत आयोगको कार्यालय खुला हुने सूचनामा उल्लेख छ ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो ।
प्रतिक्रिया