देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समयसीमालाई हेक्का राखेर अघि बढ्न सांसदलाई ओलीको निर्देशन

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई संसदीय गतिविधिमा सक्रियता बढाउन निर्देशन दिएका छन् । शनिबारदेखि काठमाडौंमा सुरु एकको पार्टीका सांसदहरुको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिएका हुन् ।

उनले सांसद भएकाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताए ।

उनले सांसदहरुले समयसीमालाई हेक्का राखेर अघि बढनुपर्ने भन्दै संसदीय दलको बैठक र संसद् बैठकमा समयमै पुग्न निर्देशन दिएका छन् ।उनले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र पूरा समय बस्ने तथा खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने र अन्य बाहिर–बाहिरका कार्यक्रममा भ्याउने कुरा हुँदैन । कहिलेकाँहि नभ्याउने स्थिति पनि पर्न सक्छ । तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं । हामी सांसद हौं र हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथिमकता दिनुपर्छ ।’