काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको हो ।
बैठकमा संसद् बैठक, सरकारलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयमा छलफल हुने छ ।
प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि दलको बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।
प्रतिक्रिया