देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च बारमा मतदान सुरु

देशान्तर

सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज विहान वाट मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे सम्प चल्ने छ ।

त्यसपछि मतगणना सुरु गर्ने कार्यतालिका रहेको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिनुभएको छ भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवार वन्नु भएको छ ।

यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदिशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले उमेदवार हुनुहुन्छ । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा हुनुहुन्छ ।

सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उम्मेदवार हुनुहुन्छ । एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा उत्रिनु भएको छ । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ कार्य समिति आजनै निर्वाचित हुने छन् । सर्वोच्च बारमा छ सय २१ मतदाता रहेका छन् ।