देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको न्यूनतम साझा कार्यक्रमलाई दिइयो अन्तिम रूप

देशान्तर

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको कार्यदल बैठकबाट साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको हो ।

उक्त मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरूलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।

साझा कार्यक्रममा सबै दलका एजेन्डालाई समावेश गरिएको उनले बताए । सुशासन, जनतालाई परिवर्तनको आभास हुने गरी कार्यक्रम तय गरिएको ढकालले जानकारी दिए ।

यही पुस १४ गते गठित कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सहभागिता छ ।