देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक जारी

देशान्तर

काठमाडौं– सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक जारी छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छ ।
कार्यदलले शुक्रबार नै मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ ।
सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ । सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन् ।
सत्तारुढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रिमण्डल रहेको छ ।