देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सात सचिवको सरुवा, कसकाे सरुवा कहाँ भयाे ?

देशान्तर

काठमाडाैं – सरकारले सातजना सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको सरुवा गरेको हो ।

अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् भने राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालयमा सरुवा गरिएको छ । कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

वाणिज्य मन्त्रालयका सचिव तोयम रायलाई अर्थ मन्त्रालयमा सरुवा भएका छन् । हाल अख्तियारमा रहेका सचिव डा. रामप्रसाद घिमिरे राजस्व सचिव बनाइएको छ ।