काठमाडौँ – नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि पहल गर्न र अन्य दलहरूसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
सदस्यहरूमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन्।
त्यस्तै, नेकपा एकीकृत समाजवादीको आजको बैठकले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गर्न सकेन । एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने र नदिनेबारे पटक-पटक पार्टीका विभिन्न बैठकमा छलफल गर्दै आएको छ।
प्रतिक्रिया