सुनकाे मूल्य १ लाख ३ हजार १०० रुपैयाँ पुग्यो, चाँदीको भने घट्यो
काठमाडौं, २१ पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएकाे छ । जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया