देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजको मौसम पूर्वानुमान

देशान्तर

आज पनि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ। त्यस्तै तराई क्षेत्रमा सितलहर समेत चलेको छ ।

हिमाली भू–भागमा हल्का हिमपात र तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्दा दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव परेको छ । मौसमका कारण दैनिक जनजिवनमा समस्या पर्ने भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।