काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।
सभापति देउवाले आफू निकटका नेताहरुलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ ।
प्रदेश १ का देउवा पक्षको बैठक बुधबारका लागि बोलाइएको छ । पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् । बुधबार प्रदेश १ का केन्द्रीय सदस्यको छलफल डाकिएको कार्कीले जानकारी दिए । ‘समसामयिक विषयमा छलफल गर्न बैठक गर्न लागिएको हो,’ कार्कीले भने ।
देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।
प्रतिक्रिया