काठमाडौं – अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भालुको आक्रमणबाट बुधबार जिल्लाको शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट आरनमा भाँडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुले आक्रमण गरेको थियो । भालुले झम्टिएको ठाउँमा स्थानीयहरू तत्काल पुग्दा भालुले वृद्धलाई छोडेर जङ्गलतिर भागेको थियो ।
अहिले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रतिक्रिया