काठमाडौं – सत्ता साझेदार दलले केही दिनभित्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको हो। त्यसका लागि बुधबार कार्यदलको बैठक बस्न लागेको कार्यदल सदस्य डाक्टर मुकुल ढकालले जानकारी दिए ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको दावी गरेको छ । उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन् । सत्ता साझेदार दलहरुले आ– आफ्नो राय सुझाव दिइसकेको र कार्यदलका संयोजक रहेका अर्थमन्त्र विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने ढकालले बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया