देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिविलाई विद्यार्थीको प्रश्न: हाम्रो रिजल्ट खोइ ?

देशान्तर

काठमाडौं – त्रिभुवन विश्वविद्याल त्रिविले परीक्षा सकिएको लामो समयसम्म पनि परीक्षाफल प्रकाशन गर्न नसकेको भन्दै नेविसङ्घले विरोध प्रदर्शन गरेको छ । बि ए तेस्रो वर्ष लगायतका सङ्कायहरूको परीक्षाफल १२ महिनाभन्दा बढी समय भइसक्दा पनि प्रकाशन नगरेको भन्दै संघले मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु अघि धर्ना दिएका हुन् । 

६ महिना भित्र आउनुपर्ने नतिजा एक वर्ष नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ ? रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्यो, टि यु साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा हामी थाकी सक्यौ जस्ता प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

परीक्षाफल समयमा नआउँदा त्यसभन्दा माथिल्लो तहमा भर्ना हुन समस्या भएको, विदेश पढ्न जान समस्या भएकाले समयमै परीक्षाफल सार्वजनिक गर्न त्रिविलाई दबाब दिन धर्ना दिइएको एक सहभागी विद्यार्थीले बताए ।

परीक्षा नियन्त्रकसँग भेटेर कुरा गर्दा पनि उनी सकारात्मक नरहेकोले धर्नामै उत्रिनु परेको नेविसंघले जनाएको छ । 

मानवीय सङ्कायको बिए दोस्रो र तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छैन। व्यवस्थापनतर्फ बिबिएसतर्फबाट चौथो वर्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।