काठमाडौं – प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले मंगलबार शपथ ग्रहण गर्दै छन् । उनीहरुको शपथग्रहण १२ः ३० बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।
यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले मंगलबार शपथ ग्रहण गर्न लागेका हुन् ।
आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन आएका थिएनन् ।
सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।
प्रतिक्रिया