भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।
साेमबार साँझ बालकोटस्थित ओली निवास पुगेका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले गत मंसिर ४ गते भएकाे प्रतिनिधिसभाका निर्वाचनमा आफू पछाडि हटेर आफ्नाे क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डलाई उठाएर सहयाेग गरेका थिए । दुई पार्टीबीच एकता हुने भनिए पनि अहिलेसम्म त्यसले गतिलिन सकेकाे छैन ।
प्रतिक्रिया