देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद्को पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान

देशान्तर

काठमाडौँ – संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाएका हुन् ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँचजना स्वतन्त्र सांसद विजयी भ्एका छन् । सातवटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए ।

संसद्‍मा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन् ।