देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत र पाकिस्तानबीच आणविक यन्त्रहरु राखिएको स्थानको सूची आदानप्रदान

देशान्तर

काठमाडौँ –  परम्परागत शत्रु पाकिस्तान र भारतले आफ्ना आणविक यन्त्रहरु राखिएको स्थानहरूको सूची आदानप्रदान गरेका छन् । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्धमा तनावको बीचमा आज यो आदानप्रदान भएको हो ।

यी दुई राष्ट्रबीच शत्रुता बढेको अवस्थामा पनि आक्रमण गर्न नदिनको लागि सूची आदानप्रदान गर्ने गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि दुई छिमेकीहरूबीच वार्षिक कार्यक्रमको रुपमा यस्तो कार्यक्रम हुँदै आएको छ । आणविक उपकरणको स्थापना र सुविधाहरूको सूचीहरू एकअर्कासँग साटफेर गर्न ३१ डिसेम्बर १९८८ मा हस्ताक्षर भएको थियो ।

जसलाई २७ जनवरी १९९१ मा आणविक स्थापना र सुविधाहरू विरुद्ध आक्रमण निषेधको सम्झौताको धारा–२ को प्रावधानहरू अनुसार अनुमोदन गरिएको थियो । यो सम्झौता अनुसार दुवै देशले एकअर्कालाई आणविक केन्द्रको जानकारी दिनुपर्ने हुन्छ । सूचीहरू आदानप्रदान गर्ने यो अभ्यास १ जनवरी १९९२ देखि नै जारी छ ।

यसैगरी, भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका प्रतिनिधिलाई आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची पनि हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।