देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आम जनता पार्टीले तोक्यो मधेसका ८ जिल्लाको नेतृत्व

देशान्तर

काठमाडौं – आम जनता पार्टीले मधेस प्रदेशका आठवटै जिल्लाको नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेश प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन् ।

प्रचार प्रसार विभाग प्रमुख चन्द्रभुषण साहका अनुसार पर्सा संयोजकमा कदम रशुल, बारामा उमेश कुशवाहा, रौतहटमा ध्रमेन्द्र पटेल र सर्लाहीमा तुलसीप्रसाद हुमागाइ चयन भएका छन् ।

महोत्तरीमा विजय साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा उदय साह र सप्तरीमा शिवकुमार महरालाई जिम्मेवारी तोकिएको छ ।

यस्तै पर्सामा विश्वराज पटेल, बारामा राजकिशोर साह, रौतहटमा पलट चौधरी, सर्लाहीमा नविन साह, महोत्तरीमा प्रमोद महतो, धनुषामा बलदेव साह, सिराहामा धर्मेन्द्र महरा र सप्तरीमा सुनिल राज दास सचिव चयन भएका हुन् ।

त्यसैगरी इन्चार्जको रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा रिता देवी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहामा बिल्टु यादव र सप्तरीमा आरडी आजाद चयन भएका हुन् ।