काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताएका हो ।
त्यस अवसरमा उनले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सो विमानस्थलको निर्माणमा योगदान पर्याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको समेत स्मरण गरेका थिए ।
एमाले उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिइ सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासन समेत दिए । उनले भने, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उडड्यन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरु सफल हुने समेत दोहोर्याए ।
प्रतिक्रिया