काठमाडौं – सुदूरपश्चिम प्रदेशसभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
प्रदेशसभामा सोमबारबाट प्रदेश सभा बैठक सुरु हुँदै छ ।
प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन सर्वदलीय बैठक बसेको हो ।
आइतबारको बैठकले अध्यक्ष मण्डल तयार गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया