काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा यसै साता इन्टरनेसनल फुटवेयर एक्सपो (अन्तर्राष्ट्रिय जुत्ता चप्पल मेला) लाग्ने भएको छ । नेपाली उपभोक्तालाई आवश्यक पर्ने जुत्ता चप्पल बिक्री वितरण गर्नका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिएको हो ।
पुसको २१ गतेदेखि २३ गतेसम्म आयोजना हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भृकुटीमण्डपको प्रदर्शनीस्थलमा एक सयभन्दा बढी स्टलहरूमा स्वदेशी जुत्ता चप्पलहरू किन्न पाइनेछ ।
यसैगरी अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि कच्चा पदार्थ, प्राविधिक र मेसिनरी सामग्रीको स्टल राख्ने तयारी गरेको जुत्ता चप्पल उत्पादक संघका उपाध्यक्ष तथा रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।
उनले भने ‘नेपाली उपभोक्तालाई स्वदेशमै उत्पादन भएका जुत्ता चप्पलको बारेमा जानकारी दिनका लागि यो मेला आयोजना गरेका हौं ।’
नेपालमा विगतको भन्दा धेरै नै जुत्ता उत्पादकहरू रहेको बताउँदै सस्तो मूल्यमा उच्च गुणस्तरको जुत्ता चप्पल आम उपभोक्ता समक्ष पु¥याएउने लक्ष्य रहेको पनि न्यौपानेले बताए ।
मेलामा नेपालका प्रख्यात ब्रान्ड रन सुज, शिखर सुज, हाइलाइफ, वान वल्र्डसुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुजलगायतको सहभागिता रहनेछ ।
एउटै छानामुनि उत्कृष्ट ब्रान्डका जुत्ताचप्पल उपभोक्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्रान्डका जुत्तामा वारेन्टी पनि पाउने आयोजकको भनाइ छ ।
प्रतिक्रिया