देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टी–२० लिगमा पोखराको दोस्रो जित: लुम्बिनी ९ विकेटले पराजित

देशान्तर

काठमाडौं – नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा शनिबार भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो ।

लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।

पोखराका आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । आसिफ ७७ रन र आरिफ २६ रनमा अविजित रहे । सुमित महर्जन १३ रनमा आउट भए । लुम्बिनीका किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

लुम्बिनीका हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । पोखराका विपिन खत्री र जाहिर खानले समान ३÷३ तथा आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले समान १÷१ विकेट लिए ।

पाँच खेलमा अपराजित लुम्बिनी छैटौँ खेलमा पोखरासँग हारेको हो । लुम्बिनी ६ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । ७ खेलमा २ खेल जितेको पोखरा ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।