देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल

देशान्तर

काठमाडौं – सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखि स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शित लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवश्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त समेत गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताए ।