देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता साझेदार दलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने

देशान्तर

काठमाडौँ – सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठनगरेको छ । बिहीवार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहने गरि कार्यदल गठन गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।

जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ । साथै बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए ।

न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ ।