देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारुढ गठबन्धनको बैठक बस्दै

देशान्तर

सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन पछिल्लो चरणमा निर्माण भएको सात दलीय सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकार निवास वालुवाटारमा केहीबेरमा बस्ने बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिकाबारेमा छलफल केन्द्रीत हुने बुझिएको छ ।

यसैगरी प्रचण्डको नेतृत्वमा सरकार बने पनि मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छैन ।

आजको छलफलमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने बुझिएको छ ।

छलफलमा मन्त्रालयको भागबन्डा लगाएतका विषयमा कुराकानी हुने छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार भने संसदको पहिलो बैठक पछि गर्ने तयारी गर्नुभएको छ ।

प्रचण्डले पुस २५ गते बस्ने संसदको पहिलो बैठकमै विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको हो ।

यसबीचमा सवै प्रदेशमा सरकार बनाउने विषयमा पनि छलफल गरेर भागबन्डा गर्ने तयारी पनि भएको छ ।

प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिँदा एमालेसहितको गठबन्धनले साढे २ वर्षपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।

यसैगरी राष्ट्रपति एमालेले पाउने छ भने सभामुख सुरुमा एमाले र पछि माओवादीले पाउने सहमति भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा दावी गरेको छ ।