काठमाडौँ – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा बुधबार भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।
पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन् । १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।
गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् ।
प्रतिक्रिया