काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार मात्र वालुवाटार सर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले आफू बिहीबार सर्ने तयारी गरेका हुन् ।
बालुवाटारमा बुधवार सरसफाइ गर्ने र बिहीवार मात्रै सर्ने प्रचण्ड सचिवालयले जनाएको छ ।
यसअघि, बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले निर्देशन दिएका थिए ।
प्रतिक्रिया